एजेन्सी - प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपीआरके) का शीर्ष नेता किम जोङ उनले आइतबार राजनीतिक ब्युरोको बैठक बोलाउँनु भएको छ । बैठकले महामारीको स्थिति सुधारोन्मुख भएको सकारात्मक मूल्याङ्कन गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ।
पोलिटब्युरो परामर्श बैठकका सहभागीहरूलाई महामारीको विस्तारको अवस्थाको बारेमा राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयको पछिल्लो प्रतिवेदन सुनाइएको थियो।
शुक्रबार देखि शनिबारसम्म देशभर ८९,५०० भन्दा बढी ज्वरोका घटनाहरू दर्ता भएका थिए। त्यसैगरी १०६,००० ज्वरो प्रभावित व्यक्तिहरू सो समयमा निको भएका थिए।
अप्रिलको अन्त्यदेखि हालसम्म ज्वरो आएका व्यक्तिहरूको कुल सङ्ख्या करिब ३४ लाख भन्दा बढी पुगेको छ जसमध्ये ३२ लाखभन्दा बढी निको भैसकेका छन् भने ६९ जनाको मृत्यु भएको छ ।