काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार र इमरान हाश्मी पहिलो पटक एउटै फिल्ममा देखिने छन्। राज मेहताले निर्देशन गर्ने फिल्म 'सेल्फी'मा यी दुई अभिनेताको अभिनय देख्न सकिने छ।
अक्षय र इमरान एकसाथ आफ्नो फिल्ममा काम गर्ने बारे करण जोहरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले फिल्मको टिजर पनि शेयर गरेका छन्।