‘सम्हालिन्छ कहिले मन’ को टिकटक बनाउनेलाई एक तोला सुन

काठमाडौँ - हरितालिका तीजको अवसर पारेर नयाँ नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ।

प्रतियोगितामा सहभागि भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले १ तोला सुन पुरस्कार जित्ने छन्। प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तीजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन्।

पुरस्कार जित्नका लागि उक्त टिकटकमा अनिवार्य लेखिएको हुनुपर्छ। १९ भदौ अर्थात आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ।

महिला र पूरुषले संयुक्त वा छुट्टा-छुट्टै रूपमा टिकटिक बनाउन पाउँछन्। १७ भदौदेखि प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै ३ वटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ।

यी गीतहरुले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेका छन्। प्रतिस्पर्धीहरुले यी कन्टेन्टमा नै भिडियो बनाउन पाउनेछन्।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×