काठमाडौँ - ऋचा शर्मा अभिनित फिल्म 'कौसीद' को विदेशी राइट्स बिक्री भएको छ। फिल्म जापानको लागि बिक्री भएको निर्माण पक्षले जानकारी दिएका हुन्।
'नेपाली फिल्महरू विदेशमा उल्लेखनीय रूपमा प्रदर्शन भइरहेकाे छ। त्यसैले हामीले फिल्मलाई विदेश र स्वदेशमा फरक-फरक मितिमा प्रदर्शन गर्ने साेच बनाएका छाैं,' निर्माता केदार भुषालले भने।
फिल्मलाई जापानमा जुलाई ३० गते प्रदर्शन गर्ने तयारी निर्माण टिमको रहेको छ। यो फिल्म जेठ २७ गतेदेखि प्रदर्शन हुने भनिए पनि फिल्मको प्रदर्शन रोकिएको थियो। यो फिल्म कहिले प्रदर्शन हुन्छ भनेर निर्माण पक्षले जानकारी दिएका छैनन्।
फिल्ममा ऋणको प्रभावमा परेको परिवारको कथालाई देखाइने छ।
कुमार भास्करको निर्देशन फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई र सागर भट्टराईको अभिनय रहेको छ।
फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलिया रहेका छन्।