‘गोर्खा वारियर’ कोरिन भाषामा

काठमाडौं । मिलान चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि सार्वजनिक भएको छ । गत ११ फागुनबाट नेपालमा भव्य प्रदर्शन भएको अन्तर्राष्ट्रिय एतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको हो । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ । नेपाली भाषामा नेपालमा रिलिजपछि अन्य विभिन्न भाषामा बिदेशमा रिलिज गर्न लागिएको हो । यसै क्रममा यो चलचित्रलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले प्रदर्शन जिम्मा लिएको छ ।

‘यो चलचित्रलाई कोरियाका लागि सात वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको थियो । गोर्खा वारियरलाई पूर्णरूपमा कोरियन भाषामै स्वराँकनसहित तयार गरेर यसको रिलिजका लागि सो कम्पनीले कोरियन भाषामै फष्ट लुक्स पोष्टर पनि बनाएर सार्वजनिक गरेको छ,’ निर्देशक चाम्सले भनेँ। अब यसलाई कोरियाका सिनेमा हलमा रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए । कोरियन भाषाको गोर्खा वारियरलाई कोरियाको सिनेमा हलपछि त्यहाँको टेलिभिजन च्यानलहरूमा पनि रिलिज गरिनेछ । सम्भवतः यसरी नेपाली चलचित्र पहिलोपटक कोरियन भाषामा स्वराँकन गरेर तयार गरिएको ‘गोर्खा वारियर’ भएको पनि निर्देशक चाम्सले बताए ।

यो चलचित्र यसअघि नेपाली र अंग्रेजीमा निर्माण भइसकेको छ । यो चलचित्रको पहिलो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित लेस्टर स्क्वायर स्थित ‘आइम्याक्स सिनेवल्र्ड’ मा गरिएको थियो । उक्त हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।

यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दीबाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण चलचित्र गोर्खा वारियर अबको सात वर्षसम्म युट्युशमा रिलिज नहुने निर्देशक चाम्सले बताउनुभयो । यो चलचित्रको हिन्दी संस्करण भने ओटिटी प्लेटफर्मबाट रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए ।

सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका छ ।

चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ । चलचित्रमा राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् । हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी चलचित्रमा ।

चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा हुन् भने कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×