काठमाडौँ - कोरोना महामारीका समयमा आर्थिकरूपमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सहयोग गर्नुभएका समाजसेवी देवेन्द्र प्रधानलाई विशेष सेवा सम्मान–२०७९ प्रदान गरिएको छ ।
फोकस नेपाल संस्थाले आज यहाँ आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उनलाई विशेष सम्मान प्रदान गरे । प्रधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलकुद, शैक्षिक, यातायात, सेवामूलक तथा सामाजिक संघसंस्थामार्फत राष्ट्र विकास, यातायात क्षेत्रको विकास र सामाजिक सेवामा योगदान पु¥याउँदै आएका छन् ।