चितवन। जिल्ला प्रहरी कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो। अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो। कार्यालयका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ।