समबन्धविच्छेदको हल्ला बारे यसो भन्छिन् वर्षा राउत

काठमाडौँ l कुनैपनि सिने जगतमा बिभिन्न अफवाह चल्नु सामान्य कुरा रहेको छ l नेपाली सिने जगतमा पनि बेला-बेला बिभिन्न कलाकारहरुबारे अनेक किसिमका अफवाह चल्ने गरेका छन् l कति अफवाह सत्य सावित हुन्छन् भने कति अफवाहमै सिमित हुने गरेका छन् l

केहि समयअघि मात्र नेपाली चलचित्रकि अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालबाट पती सन्जोक कोइरालाको तस्विर हटाएपछी उनीहरुको सम्बन्धविच्छेद हुने सम्मको हल्ला चलेको थियो l धेरै प्रशंसकहरुले यो खबरप्रति चासो देखाउदै बिभिन्न टिप्पणी समेत गरे l यो कुरामा दर्शकको चासो बढेपछी वर्षाले सञ्चार माध्यममा घुर्की देखाएको बताएकी थिइन् l तर, जोडीको सम्बन्ध चिसिएको खबरले नेपाली सिने जगत अझ तताउन थालेपछी वर्षाले सामाजिक सञ्जालको माध्यमबाट प्रतिक्रिया जनाएकी छिन् l

उनले पतीसँगको एक तस्विर सञ्जालमा राख्दै लेखेकी छिन् "हाम्रो बारेमा सार्वजनिक भएका गसिप पढ्दै, कसले के के भने रे?"। जसमा पति सन्जोकले सकारात्मक कमेन्ट समेत गरेका छन् l जसलाई देखेर जोडीको सम्बन्ध सुमधुर नै रहेको बुझ्न सकिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×