एसिया कपः सुपर चारमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौँ - एसिया कप टि-२० प्रतियोगिताअन्तर्गत आज चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै छन्। भारत र पाकिस्तानबीर सुपर चार अन्तर्गतको खेल हुन लागेको हो।

यही प्रतियोगिताको पहिलो खेल भारतले ५ विकेटले जितेको थियो। दुबइ रंगशालामा हुने खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। हिजो भएको खेलमा श्रीलंकाले सुपर चारमा अफगानिस्तानलाई हराएको छ।

सुपर चार अन्तर्गत खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ४ विकेटको जित निकालेको हो। १७६ रनको लक्ष्य श्रीलंकाले खेल सकिन ५ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो।

लिग चरणको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×