सलमान र कट्रिना अभिनित ‘टाइगर ३’ को टीजर सार्वजनिक

काठमाडौँ - सलमान खान र कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को टीजर सार्वजनिक भएको छ। अघिल्ला २ सिक्वेलले राम्रो व्यापार गरेको फिल्मको तेस्रो सिक्वेलाई दर्शकको विषेश चासो छ।

आगामी अप्रिल २१ मा रिलिज मिति तया भएको फिल्मको टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन्। भरपुर एक्सनले भरिएको फिल्मको टिजर र रिलिज मिति अभिनेत्री कट्रिनाले आफ्नो सामाजिक संजालमा पनि शेयर गरेकी हुन्।

फिल्म हिन्दी, तमिल र तेल्गुमा भाषामा रिलिज हुनेछ।

‘टाइगर ३’लाई मनिष शर्माले निर्देशन गरेका हुन्। ‘टाइगर ३’मा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिंदैछन्। यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×