अस्ट्रेलिया र इंग्ल्यान्डबीचको तेस्रो ट्वान्टी-२० वर्षाले प्रभावित

काठमाडौँ - अस्ट्रेलिया र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम ट्वान्टी-२० शुक्रबार वर्षाले प्रभावित रह्यो। खेलको कुनै नतिजा निस्कन सकेन। यससँगै तीन खेलको सिरिजमा इंग्ल्यान्ड २-० ले विजयी भएको हो।

इंग्ल्यान्ड सुरुवाति दुवै खेलमा विजयी रहेको थियो। वर्षाले खेल प्रभावित रहेपछि खेल १२ ओभरमा झारिएको थियो। इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै २ विकेटमा १ सय १२ रन बनाएको थियो।

त्यसमा जस बटलरले नटआउट रहेर ६५ रन बनाएका थिए। उनले ४७ बलको सामना गरेर ७ चौका र १ छक्का प्रहार गरेका थिए। जवाफमा अस्ट्रेलियाले ३ विकेटमा ३० रन बनाउँदा खेल वर्षाले अगाडि बढ्न सकेन। अस्ट्रेलियाले ३.५ ओभर मात्र खेलेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×