काठमाडौँ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ भदौ ३ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ।
यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण प्रदर्शनमा आउन सकेको थिएन। फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका रहेको छ।
फिल्ममा रञ्जिन रौनियारको निर्देशन रहेको छ। आर्थिक अवस्था कमजोर भएकाले पैसाको लागि अरुको बच्चा जन्माउने विवाहित महिलाको भूमिकामा अभिनेत्री श्रेष्ठले फिल्ममा निर्वाह गरेकी छिन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको छ।