मुख्यमन्त्री राउत भन्छन्, 'सङ्घीयता कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ'

काठमाडौँ - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयनमा राससलगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) मधेश प्रदेश कार्यालय जनकपुरधामको समन्वयमा प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणद्वारा जनकपुरधाममा आज आयोजित राससका पत्रकारको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा उनले प्रदेश सरकारले सञ्चालन गरेको समाज रूपान्तरणका अभियान, विकास निर्माणलगायतका विषयमा राससले कलम चलाउनुपर्ने बताएका छन्।

“मुलुक सङ्घीयता कार्यान्वयनको प्रक्रियामा रहेकाले राससलगायतका सरकारी सञ्चारमाध्यमले सङ्घीयतासम्बन्धी सकारात्मक समाचार प्रवाह गर्नु जरुरी छ”, मुख्यमन्त्री राउतले भने, “सङ्घीयताका सकारात्मक पक्षको बारेमा सूचना सम्प्रेषित गर्नु जरुरी छ, त्यसमा राससलगायत सञ्चारमाध्यमहरुले भूमिका महत्वपूर्ण छ।” निष्पक्षता, विश्वसनीयता र मर्यादित पत्रकारिताको पहिचान बनाउन सफल राससले प्रदेश सरकारका सकारात्मक सन्देश जनतामा प्रवाह गर्नुपर्नेमा जोड दिँँदै प्रदेश सरकार सङ्घीयता कार्यान्वयन र सामाजिक  रूपान्तरणको मुद्दामा रासससँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

सञ्चारमाध्यमले आग्रह र पूर्वाग्रहबाट नभई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गबाट कलम चलाउनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले पत्रकारको पेशागत र भौतिक सुरक्षामा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×