चट्याङ लागेर दुई जनाको मृत्यु

बाँके - राप्ती सोनारी गाउँपालिका–२ हरियरपुर बस्ने ३४ वर्षीया सम्झना बिक र सोही ठाउँ बस्ने ३७ वर्षीया बसन्ती भन्ने निमा उपाध्यायको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने ३० वर्षीया शलिना डिसीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी शलिनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×