दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको खबर, स्थलगत पुष्टिगर्न सेना पठाइयो

मुस्ताङ - आज बिहान पोखराबाट जोमसोम जानेक्रममा हराएको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर विमान मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको खबर आएको छ। प्राप्त जानकारी प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको नेपाली सेनाका प्रवक्ता नारयण सिलवालले बताएका छन्।

नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ। घाँसामा रहेको सेनाको पोष्टबाट फिजिकल्ली कन्फर्मेसन गर्न पैदलमार्गबाट सेना गएको प्रवक्ता सिलवालले जानकारी दिए।

थप खबर भने आउन बाँकी रहेको उनले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×