आईसीसी यू-१९ महिला विश्वकप छनोट : नेपालको पहिलो खेल कतारसँग

काठमाडौँ - नेपालले कतारसँग खेल्दै आईसीसी यू–१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगिता शुरु गर्ने भएको छ। एसिया छनोटको खेल तालिका सावर्जनिक भएसँगै नेपालले कतारसँग खेलेर प्रतियोगिता शुरु गर्ने पक्का भएको हो।

३ जुनमा नेपालले कतारसँग खेल्दै प्रतियोगिता शुरु गर्नेछ। छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्।

नेपालले दोस्रो खेलमा यूएईविरुद्ध ४ जुनमा खेल्नेछ। ६ जुनमा भुटानविरुद्ध तथा ७ जुनमा थाइल्याण्ड र ९ जुनमा मलेसियाविरुद्ध खेल्नेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×