फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने

काठमाडौँ - झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने भएको छ। फिल्मको नाम ‘भागवत गीता’ को राखिएको बिषयमा चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्मको नाम परिवर्तन गर्न लागिएको निर्माण युनिटले जनाएको छ।

सुनिलकुमार थापाको निर्माण रहने फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु हुनेछ। फिल्मको छायांकन गत साउनबाट सुरु हुने बताइए पनि निर्माता सुनिलकुमार थापा बिरामी भएका कारणले छायांकनमा ढिलाई भएको जनाइएको छ।

फिल्मलाई विसं २०८० सालको वैशाख १ गते रिलिज गरिने भएको छ। सुहाना थापाको मुख्य भुमिका रहने फिल्मका नायक भने छनौट हुन बाँकी रहेको छ। फिल्मको छायांकन जनकपुर र दार्चुलामा हुने निर्माण युनिटले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×