‘नाइँ नभन्नु ल–६’ को तयारिमा विकास आचार्य

काठमाडौं– व्यवसायिक रुपमा सफल रहेको फिल्मको ब्राण्ड हो ‘नाइँ नभन्नु ल’। यसका निर्माता तथा निर्देशक विकास आचार्यले यो श्रृंखलाका पाँच वटा फिल्म दर्शकमाझ प्रस्तुत गरिसकेका छन्। यतिबेला उनी यसको छैठौं श्रृंखला अर्थात ‘नाइँ नभन्नु ल-६’ बनाउने अन्तिम तयारीमा  जुटिरहेका छन्।

फिल्मका लागि कलाकारको छनोट जारी रहेको बताइन्छ। यसैबीच, यो फिल्ममा मुख्य अभिनेत्रीको रुपमा आँचल शर्माले अभिनय गर्ने निश्चित भएको छ।


यही चलचित्रको अघिल्ला भागहरुमा बाल कलाकारको रुपमा भित्रिएका अनुभव रेग्मी भने यो फिल्ममा हुने छैनन्।

निर्देशक आचार्यले यसअघि नै अनुभव रेग्मीलाई अभिनेता बनाएर मात्र यो श्रृंखला रोकिने बताउँदै आएका छन्। यसको अर्थ, छैठौं श्रृंखलामा अनुभव नभएपछि यसका अझै केही श्रृंखला थपिने सहजै अनुमान गर्न सकिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×