काठमाडौँ - कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’मा अधीराको भूमिका निर्वाह गरेपछि बलिउड अभिनेता सञ्जय दत्तको क्रेज अरु बढेको छ।
बलिउडका सफल अभिनेता सञ्जय दत्तले हालै एक अन्तर्वार्तामा आफ्ना विगतका केही घटनाका विषयमा खुलेर कुराकानी गरेका छन्। उनले आफूलाई क्यान्सर पत्ता लागेको विषय र लागूऔषध दुर्व्यसनमा फसेको विषयमा केही खुलासा गरेका छन्।
उनले लागू पदार्थको आदतका कारण आफू रिह्याब सेन्टर समेत जानुपरेको उल्लेख गरेका छन्। त्यहाँबाट ‘चरसी’ भनेर बोलाउने गरेको पनि बताए।
मेरो १० वर्ष बाथरुममै बित्यो
सञ्जय दत्तले भनेका छन्, ‘म युवतीहरुको छेउमा पर्न एकदमै लजाउँथें। मलाई लाग्यो कि ड्रग्सको सहयोगले उनीहरुको अगाडि ‘कूल’ देखिन्छु। जसका कारण मैले ड्रग्स लिन सुरु गरें। यसपछि मलाई युवतीहरुका अगाडि आत्मविश्वास बढेको महसुस भयो। यसको कारण मेरो जिन्दगीको १० वर्ष एउटा कोठा वा भनुँ बाथरुममै बित्यो। मलाई फिल्मको सुटिङमा पटक्कै मन जाँदैनथ्यो। जिन्दगी यस्तो थियो सबै बदलियो।’
मानिसहरुले ‘चरसी’ भनेर बोलाउँदा…
सञ्जयले अगाडि भनेका छन्, ‘जब म रिह्याब सेन्टरबाट बाहिर आएँ, मानिसहरुले मलाई ‘चरसी’ भनेर बोलाउन थाले। म सोच्थें यो गलत हो कि क्या हो भनेर। सडकमा हिंडिरहेका मानिसले पनि मलाई यसरी नै बोलाउँथे। अनि मलाई अब केही गर्नुपर्छ। त्यसपछि वर्कआउट गर्न सुरु गरें। त्यसको केही समयपछि जसले ‘चरसी’ भनेर बोलाउँथे, उनीहरुले भन्न थाले– कस्तो बडी।’
क्यान्सर पत्ता लागेपछि खुबै डर लाग्यो
सञ्जयले भने, ‘त्यसबेला लकडाउनको समय थियो। सिंढी चढ्दा मलाई सास फेर्न गाह्रो भएको महसुस भयो। जब म नुहाउन गएँ सास फेर्न नै गाह्रो भयो। मलाई थाहा थिएन के भइरहेको छ भनेर। त्यसपछि डाक्टरलाई फोन गरें र एक्सरेपछि पत्ता लाग्यो मेरो फोक्सोमा आधाभन्दा बढीमा पानी जमेको छ। यो पानी निकाल्ने बेलामा डाक्टरको अनुमान थियो, टीबी हुनसक्छ, तर क्यान्सर पो भएको पत्ता लाग्यो।
क्यान्सरको डटेर सामना गर्नुपर्छ
सञ्जयका अनुसार क्यान्सर भएको पत्ता लागेपछि उनी दुबईमा किमोथेरापीका लागि गएका थिए। त्यतिबेला उनी ब्याण्डमिन्टन कोर्टमा दुई–तीन घण्टा खेल्थे गर्थे। उनले भने, ‘क्यान्सरसँग लड्नका लागि डराउने होइन, त्यसको डटेर सामना गर्नुपर्छ। अब आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि आफ्नो सोही अनुसारको रुटिनमा ढालिरहेको छु।’
श्रोत : दैनिक भास्कर