अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पिडीतलाई 

काठमाडौं - राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडीत राहतकोषमा जम्मा गर्नै भएका छन् । 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन । 

शुक्रबार  ११.४७बजेको  समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ ।

अध्यक्ष तिमिल्सनाले प्रकृतिक बिपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पिडीतहरुका लागि राहत तथा पूर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×