प्रेम सम्बन्ध अब विवाहमा बदलिने संकेत

काठमाडौँ -  बलिउडका कलाकारद्वय मलाइका अरोडा र अर्जुन कपुर आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा छाइरहन्छन्। उनीहरु दुवैले आफ्नो प्रेम सम्बन्धलाई अब विवाहमा बदलिने संकेत दिन थालेका छन्। 

हालसालै मलाइकाले एक अन्तर्वातामा आफ्नो र अर्जुनको सम्बन्धको भविष्यको बारेमा सोच्न थालेको बताएकी थिइन्।

उनले भनिन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा हामी आफ्नो भविष्यसँगै चाहन्छौं। त्यसैले अबको यात्रा र पाइला के हुन्छ भन्नेमा हामी तयारी गरिरहेका छौं। यो यात्रा मेरो लागि पवित्र र महत्त्वपूर्ण हुनेछ।’

मलाइकाको यस्तो भनाईसँगै अहिले उनीहरुको विवाहको विषय चर्चामा आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले छिट्टै नै आफ्नो विवाहको विषयलाई सार्वजनिक गर्ने देखिएको छ। 

बलिउडका लबबर्डस् मलाइका र अर्जुन २०१९ देखि आफ्नो सम्बन्धको औपचारिक घोषणा गरेर प्रेममा छन्। पूर्वपति अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि अर्जुनसँग प्रेम सम्बन्धमा रहेकी मलाइकाको एक छोरा पनि छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×