१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपालले थाइल्यान्डसँग खेल्दै

काठमाडौँ - १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ।

खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ ।  नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ।

नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा १० विकेटले नेपाल यूएईसँग पराजित भएको थियो।

हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो। नेपाल ३  खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा छ। भने थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ। नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×