काठमाडौँ - अर्थशास्त्री डा दधि अधिकारीले ‘ओ कान्छी’ बोलको गीत सार्वजनिक गरेका छन्।
अधिकारीको रचना रहेको उक्त गीतलाई मिलन नेवार र विकास चौधरीले स्वर रहेको छ। गीतमा विकास चौधरीको संगीत रहेको छ।
अधिकारीका हालसम्म आधा दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्। गीतको भिडियोमा पुष्प खड्का र एलिजा गौतमले अभिनय रहेको छ। गीतलाई तुलसा इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् प्रिमियर गरिएको छ।
म्युजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्।