प्रधानमन्त्री कार्कीको पहलमा भुषाल र विष्टको अनशन समाप्त

प्रधानमन्त्री सुशिला कार्कीले अनशनरत निकोलस भुषाल र हरीश विष्टसँग छलफल गरी सहमतिमा ल्याउँदै उनीहरूको अनशन तोड्न सफल भएकी छन् । प्रधानमन्त्री कार्कीको पहलमा भएको संवादपछि दुबै पक्षबीच समझदारी बनेको र त्यसपछि भुषाल र विष्टलाई जुस खुवाएर अनशन अन्त्य गराइएको हो ।

सरकार र आन्दोलनरत पक्षबीच लामो समयदेखि जारी असमझदारी समाधान गर्न प्रधानमन्त्री स्वयं सक्रिय रूपमा लागेको बताइएको छ । छलफलका क्रममा उठाइएका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अनशनरत पक्ष सहमतिमा आएको स्रोतको भनाइ छ ।

अनशन तोडिएसँगै स्थिति सामान्य बन्दै गएको छ भने सरकार र आन्दोलनरत पक्षबीच सहकार्य र संवादको वातावरण निर्माण भएको बताइएको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×