काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थीत एभ्रेष्ट होटल अगाडि स्वतन्त्र कानुन् व्यवसायीहरुले नेपाल बारको आन्दोलन विरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।
उक्त प्रदर्शनलाई सम्बोधन गर्दै अधिवक्ता रुद्र प्रसाद पाठकले अहिले देशमा राज्यको महत्वपूर्ण अंग न्यायापालिका ठप्प अवस्थामा रहेको र वर्षौदेखिको मुद्दामा बल्ल पालो आएका र मुद्दा छिनिएला कि भनेर आशा गरेको पीडित जनताका मुद्दाहरु अहिले पेन्डिङमा राखिएकोमा दुःख व्यक्त गरे । नेपाल बार एशोसियसनले प्रधानन्यायधीशको राजीनामा मागी धर्ना गरेको अवस्था रहेको बताए । उनले कानुनको सर्वोच्चता रहेको देशमा कानुनको पहरेदारको रुपमा रहेको बार एशोसिएसनले नै कानुन भन्दा बाहिर गएर प्रधानन्यायाधीशको राजीनामाको माग गर्नु उचित नरहेको धारणा व्यक्त गरे ।