२०२६ विश्वकप आयोजना गर्ने १६ सहर सार्वजनिक

काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो लगाएको छ। १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन्। 

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। अमेरिकाको ११ सहरमा विश्वकप आयोजना हुनेछ भने मेक्सिकोको तीन र क्यानडाको दुई सहरले विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन्। 

१९९४ विश्वकपमा छुटेका अमेरिकाको सहरहरू एटलान्टा, ह्युस्टन, मायामी, फिलाडेल्फिए, सियाटल र कान्सस सिटीले यसपटक विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन्।  

अमेरिकाका सबै ११ रंगशाला एएफएल टिमका घरेलु सहर हुन्। बोस्टन, डल्लास, लस एन्जल्स, सन फ्रान्सिस्को र न्युयोर्कले १९९४ मा पनि विश्वकपको आयोजना गरेका थिए। 

मेक्सिको सिटीको एज्टाका रंगशाला तीनपटक विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बन्ने भएको छ। यस रंगशालामा १९७० र १९८६ विश्वकपको फाइनल खेल आयोजना गरिएको थियो। यससँगै मेक्सिकोको ग्वेडेलाजारा र मोन्टेरी सहरले पनि विश्वकप आयोजनाको जिम्मेवारी पाएको छ। 

त्यस्तै क्यानडाका टोरन्टो र भान्कोउभरले २०२६ को विश्वकप आयोजना गर्नेछन्। अमेरिकाका विश्वकप आयोजना हुँदा राजधानी सहर वासिङ्टन डिसीले भने विश्वकपका खेल आयोजना गर्ने छैनन्। 

२०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×