काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै १-१ अंक पाएका छन्।
२२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो। यसअघि अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए।
६२ प्रतिशत बल पोसेसन राखेको डेनमार्क खेलमा अघि देखिएको थियो। डेनमार्कले ११ सट प्रहार गर्दा ट्युनिसियाले १३ सट प्रहार गरेको थियो। तर गोल गर्न भने सकेनन्।
खेलमा डेनमार्कका लागि आन्द्रेज कोर्नेलिउसले पाएको अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार पोष्टमा लागेको थियो।