गाँजासहित दुई युवा पक्राउ

एजेन्सी। चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन्। बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्गहुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नं को मोटरसाइलमा जाँदै गरेका उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिव एक केजी गाँजा फेला पारेकोे थियो। व्यवसायिक रुपमा गाँजा ओसारपसार गर्दै आएका दुबैजनालाई आज जिल्ला अदालतबाट  म्याद थप गराइ थप अनुसन्धान गरेर  लागुऔषध विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×