रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ।

यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अष्ट्रेलियाका क्यामरुन ग्रीन पनि रहेका थिए। मोहम्मद रिजवान हाल आईसीसी टी-२० ब्याटिङ वरियतामा नम्बर एकमा रहेका छन्।

'प्लेयर अफ द मन्थ' छनोट भएपछि मोहम्मद रिजवानले भने, "म अल्लाहलाई धन्यवाद दिन चाहन्छु। साथै ती सबै मानिसहरूलाई धन्यवाद व्यक्त गर्दछु जसको सहयोगमा मैले यो अवार्ड जित्न सफल भएको छु।" 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×