काठमाडौँ। ऐतिहासिक नेपाली चलचित्र ‘सिन्धुलीगढी’ले नेपाल चलचित्र विकास बोर्डबाट विधिवत रुपमा छायांकनको अनुमति प्रमाणपत्र पाएको छ। लामो समयको खोज, अध्ययन तथा अनुसन्धानपछी चलचित्रले प्रमाणपत्र लिएको हो।
सास इन्टरटेमेन्ट सिनेमाको ब्यानरमा बन्न लागेको चलचित्र सास अधिकारिले निर्माण गर्नेछन्। चलचित्रमा विश्वमणि घिमिरेको लेखन तथा निर्देशन रहनेछ। चलचित्रका लागि कलाकारहरुको छनोट अडिसनबाट भइरहेको छ।
सिन्धुली, काभ्रे तथा काठमाडौँमा छायांकन गरिने यस चलचित्रलाई दक्षिण भारतीय चलचित्रका निर्देशक एसएस राजामौलीको सहयोग रहने जनाइएको छ। हिन्दी तथा अङ्ग्रेजी भाषामा समेत डब गरिने चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिनेछ।