बहुप्रतिक्षित फिल्म ब्रह्मास्त्र ८ हजार स्क्रिनमा एकैपटक रिलिज गर्ने तयारी

काठमाडौँ - करण जोहर प्रोडक्सनमा बनेको रणवीर कपुर र आलिया भट्टको बहुप्रतिक्षित फिल्म 'ब्रह्मास्त्र' प्रर्दशनमा आउन केही समय मात्र बाँकी रहेको छ।

फिल्मले अग्रिम बुकिङ खुला गरेको छ। २ सेप्टेम्बरसम्म २ डी, ३ डी र ४ डीका लागि अग्रिम बुकिङ खुला गरिएको थियो। रिलिज डेट नजिकिएसँगै निर्माण पक्षले प्रचारप्रसार पनि जोडतोडले शुरु गरेको छ।

यही शिलशिलामा २ सेप्टेम्बरमा हैदरावादमा एस एस राजामौली र जुनियर एनटीआरको उपस्थितिमा ब्रह्मास्त्रको प्रमोशनल इभेन्ट आयोजना गरिएको थियो। जसमा करण जोहर, रणवीर कपुर, आलिया भट्ट, मौनी रोय र नागार्जुन पनि सहभागी भएका थिए।

ब्रमास्त्रको प्रमोशनल इभेन्टमा डिज्नी स्टारका कन्ट्री म्यानेजर एवं प्रेसिडेन्ट माधवनले यो भारतीय फिल्म मात्र नभएको बताएका छन्। यसले दुनियाँभरको यात्रा दर्शनाउने उनको दावी छ। यसलाई ८ हजार स्क्रिनमा रिलिज गरिने तयारी गरिएको छ। भारतमा ५ हजार र विश्वभर ३ हजार स्क्रिनमा यसको रिलिज हुने छ।

मधवनले यत्रो ठूलो रिलिज पहिलोपटक हुन लागेको बताएका छन्। निर्माण पक्षले पनि अहिलेसम्म रिलिज भएको बलिवुड फिल्ममध्ये सबैभन्दा धेरै स्क्रिनमा यो रिलिज गरिने दाबी गरेको छ।

फिल्म प्रमोशन कार्यक्रममा प्राइम फोकसका नमित मलहोत्राले भने, 'पछिल्लो ८ वर्षमा ६ ओस्कर जितेका छौँ त्यसैले ब्रह्मास्त्र कुनै हलिवुड फिल्मभन्दा कम हुने छैन।' धर्मा प्रोडक्सनका अपूर्व मेहताले अयान मुखर्जी आफ्नो ४० औँ वर्षगाँठको समयमा फिल्मबारे छलफल भएको  र अहिले ५० औँ मनाईरहँदा फिल्म रिलिज हुन लागेको भन्दै यसले लामो दुरीमा अविश्वसनीय यात्रा तय गरेको बताएका छन्।

स्टार स्टुडियोज, धर्मा  प्रोडक्सन, प्राइम फोकस र स्टारलाईट पिक्चर्सद्वारा निर्मित ब्रह्मास्त्र ५ भारतीय भाषा हिन्दी, तमिल, तेलगु मलयालम र कन्नडमा रिलिज हुने छ। यसबाहेक फिल्ममा शाहरुख खानको पनि एउटा भूमिका देखिने छ जसले फिल्मको कहानीलाई अलग मोडमा लैजाने दाबी निर्माण पक्षले गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×