काठमाडौँ - अहिले अत्यधिक दर्शकको जनजिब्रोमा झुण्डिएको फिल्म हो, 'केजीएफ च्याप्टर-२'। सुपरस्टार यश र सञ्जय दत्तको अभिनय रहेको यस फिल्मले अहिले विश्वभर नै तहल्का मच्चाइ रहेको छ। यस फिल्ममा वरिष्ठ कलाकारहरुको अभिनय मात्र नभइ यस फिल्मका सम्पादकको उमेर पनि चर्चाको विषय बनेको छ।
सीप र कौशलको मापन उमेरले नहुने उदाहरण यस फिल्मका सम्पादक उज्जवल कुलकर्णीले प्रस्तुत गरेका छन्। उनी केवल १९ वर्षका भए। उनका लागि यो पहिलो ठूलो प्रोजक्ट थियो। जसको कारण उनले फिल्मका लागि कडा मेहेनत गरे।
पहिले उनी युट्युबमा सर्ट मुभिज र फ्यान मेड मुभिजको इडिटिङको काम गर्ने गर्थे। यसबाट प्रभावित भइ निर्देशक प्रशान्त नीलले केजीएफ च्याप्टर–२ को पूरै शुट गरे पछि उनलाई ट्रेलर बनाउने जिम्मेवारी दिउका थिए। उज्जवलले त्यस फिल्मबाट बनाएको ट्रेलरबाट अत्यन्त प्रभावित भइ प्रशान्तले उनलाई पुरै सम्पादनको जिम्मेवारी दिए।
फिल्ममा उज्जवलको मेहेनत, लगनशिलता, सीप र कौशल हामीले प्रष्टसँग देख्न सक्छौँ।