पुनीत राजकुमारको अन्तिम चलचित्र ‘जेम्स’को पोस्टर सार्वजनिक

भारत। दक्षिण भारतीय कलाकार पुनीत राजकुमारको अन्तिम चलचित्र ‘जेम्स’को पोस्टर सार्वजनिक गरिएको छ। भारतको गणतन्त्र दिवसको अवसरमा उक्त कन्नड चलचित्र ‘जेम्स’ को पोस्टर सार्वजनिक गरिएको हो।

चलचित्रक निर्देशक चेतनकुमारले ट्विटरमार्फत चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा पुनीतलाई सेनाको पोशाकमा देख्न सकिन्छ। 

चलचित्रको पोस्टर सार्वजनिक भएसँगै उनका प्रशंसकहरु भावुक बनेका छन्। पुनीतलाई सम्झदै उनी यो संसारमा नभए पनि सधैँ मनमा रहिरहने भन्ने ट्विट गरेका छन्। चलचित्र १७ मार्च २०२२ मा प्रदर्शनमा आउनेछ।

पुनीत कुमारको गत निधन २९ अक्टोबरमा हृदयघातका कारण भएको थिय। बेंग्लोरको विक्रम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।  उनले ४६ वर्षको उमेरमा संसार छोडेका थिए। उनी चर्चित अभिनेता राजकुमारका छोरा हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×