काठमाडौँ - आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदैछ। २ टोलीबीचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।
यसअघि आइतबार भएको टी-२० क्रिकेटमा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ। आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको जित निकालेको थियो।