आजको सुनको मूल्य

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजारले घटेर रु. ९८ हजार तोकिएको छ।

पहेँलो धातुको अघिल्लो दिन प्रतितोला रु. ९९ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ। बिहीबार यसको मूल्य प्रतितोला रु. ९८ हजार ५०० थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु. एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×