काठमाडौँ - साउथका चर्चित निर्देशक बालाको नयाँ फिल्म ह्याश्टयाग सूर्या ४१ को बारेमा अहिले खुब चर्चा भइ रहेको छ। यस फिल्ममा साउथका अत्यन्त चर्चित कलाकार सूर्याको अभिनय देख्न सकिनेछ।
अझ रोचक कुरा त के हो भने निर्देशक बालासँग करिब १८ वर्ष पछि सूर्याले काम गर्न लागेका हुन्। बालासँग सूर्याको यो दोस्रो चलचित्र हो। यसै गरी यस फिल्ममा महिला कलाकार को हुनेछिन् भन्ने पनि चर्चाको विषय रहेको छ। यस अघि महिला कलाकार को हुने भन्ने नखुलाएका निर्माण समुहले अहिले आएर यसको जवाफ दिएका छन्।
निर्देशक बालाको यस फिल्ममा सुर्यालाई टलिवुडकी प्रख्यात नायिकाहरु मध्यकी एक कृति शेट्टीले साथ दिने भएकी छिन्। सूर्यासँग अभिनेत्री शेट्टीको यो पहिलो फिल्म हो। यस फिल्ममा कृति बाहेक अन्य धेरै कलाकारहरुलाई देख्न सकिनेछ।
फिल्मका लागि कृतिलाई चुनिएको जानकारी २डी इन्टरटेन्मेन्टको सामाजिक संचाल ट्विटर मार्फत बताइएको थियो।