काठमाडौँ - प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ। फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो।
केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा देखिने छन्।
फिल्मको सम्पूर्ण छायांकन विराटनगरमा गरिएको छ। रोहित कट्टेलको प्रस्तुति रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सह-निर्मातामा ग्याल्जेन लामा रहेका छन्। फिल्मलाई आकाश बराल, सजन काफ्ले र मर्रे केरले लेखेका हुन्।