‘वेलकम टु हेम्जाकोट’को गीत रिलिज, फिल्म कात्तिक २५ मा रिलिज हुने

काठमाडौँ - सरोज पौडेल निर्देशित फिल्म ‘वेलकम टु हेम्जाकोट’ कात्तिक २५ गते रिलिज हुने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा पोस्टर र गीत सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरिएको हो।

सार्वजनिक गीत ‘मायाको रेडियो’मा इन्दिरा जोशी र उदेश श्रेष्ठको स्वर रहेको छ। राज सागरको संगीत रहेको गीतमा प्रज्वल अधिकारीको शब्द रहेको छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको यो गीतमा अलिशा शर्मा र विनोद न्यौपाने फिचर्ड रहेका छन्।

निर्देशक पौडेलले नेपालको ग्रामीण जीवनशैलीका साथै कास्कीको हेम्जाकोटलाई फिल्ममार्फत पर्यटकीय गन्तव्यको रुपमा प्रर्बधन गर्ने उद्देश्य लिइएको बताएका छन्।

कोरोना महामारीको समयमा छायांकन गरिएको यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, दिनेश खड्का, प्रेविल कँडेल, अम्बिका तामाङ, सुजाइरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, शारदा गिरी र स्वर्गीय जयनन्द लामालको अभिनय रहेको छ।

दीर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×