अदालतबाट २२ लाख जरिवाना ठहर भएपछि फरार रहेका पाण्डे पक्राउ

काठमाडौँ - उच्च अदालत पाटनले रु. २२ लाख जरिवाना ठहर गरेका एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम रु. २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो एनआईसी बैँक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसुर गरेकाले पाण्डेलाई काठमाडौँको नेपालटारबाट पक्राउ गरिएको जनाएका छन्।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×