प्रजातन्त्र दिवसको अवसरमा मोरङमा सरसफाइ

मोरङ - राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज विराटनगरको ट्राफिक चोकदेखि तीनपैनीसम्म नगरको दुवैतर्फ सफाइ गरिएको छ।    
    
प्रजातन्त्र दिवस मूल समारोह समिति मोरङका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा भएको सफाइ अभियानमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुरक्षा निकायका प्रमुख, कर्मचारी एवं सर्वसाधारणको सहभागिता थियो। विराट नगरपालिकाको संंयोजनमा भएको उक्त सरसफाइ कार्य सञ्चालन गर्नुका साथै नगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डासमेत फहराएको छ।
    
यसैगरी आजै जिल्लास्थित विभिन्न स्थानीय पालिकाका मुख्यमुख्य क्षेत्रमा सरसफाइ गर्ने कार्य सम्पन्न भएको बताइएको छ। दिवसको उपलक्ष्यमा आजदेखि तीनदिन दीपावली गर्ने कार्यक्रम छ। यस्तै फागुन ७ गते बिहान प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्मचारी मिलन केन्द्र, जिल्लास्थित विभिन्न ट्रेड युनियन तथा राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घ/सङ्गठनले संयुक्तरुपमा नगरमा रहेका वृद्धाश्रम, अनाथाश्रम र मानवसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक, अशक्तलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि छ।

फागुन ८ गते बिहान नेपाल रेडक्रस सासाइटी मोरङ र कोशी अस्पताल विराटनगरको संयुक्त आयोजना अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×