काठमाडौँ - प्रियंका चोपडा र निक जोनसले केही समय अगाडि सरोगेसी मार्फत आफूहरु मातापिता भएको जानकारि दिएका थिए। छोरीको आमाबुवा बनेका यी जोडीले ‘मदर्स डे’ का अवशरमा छोरी (मालती) लाई अस्पतालबाट घर ल्याएका हुन्। प्रियंकाले लामो स्टेटस राख्दै सामाजिक सञ्जालमा मालती ‘प्रिमेच्यूर’ जन्मिएको र एनआइसियूमा १०० दिन राखेको बताएकी छिन्।
मालतीको जन्म जनावरीमा भएको थियो। छोरीको नाम मालती मारिया चोपडा जोनस राखिएको छ।
यो नाम प्रियंका र निकको आमाहरुको नामसँग जोडिएको छ।