एमालेको ३०१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव अनुमोदन, विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन आज मतदान हुने

सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन्। 

सौराहमा आइतवार राति बसेको बन्दसत्रमा ओलीले  ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् । 

बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै कलस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गर्नुभएको हो । अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाएका थिए। 

नामावलीमा छुटेका पुराना नेताहरुलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता व्यक्त गरेका थिए । 

महाधिवेशनले अध्यक्ष ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ ।

सोमबार राति पौने १ बजे महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको हो ।

पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो ।  

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३०१ जना केन्द्रीय सदस्यहरूले अब प्रक्रियाअनुरूप सोमबार मनोनयनपत्र दर्ता गराउनुपर्नेछ।

यो नामावली समझदारीका लागि घोषणा गरिएको र उनीहरूले विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन प्रक्रियामा जानैपर्ने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । 

अध्यक्ष ओलीले १ सय १ जना महिलासहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । 

उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया सोमबार बिहान ८ बजेबाट सुरु हुने सुब्बाले जानकारी दिए । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×