जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

काठमाडौँ - गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ।

प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो। यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको जनाइएको छ। रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्याउने उद्देश्य राखिएको छ। प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन्। यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ।

यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब रु. ३८ लाख र नेपाल रेडक्रसले करिब रु. ६२ लाख खर्च गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×