अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल

काठमाडौँ - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा डा खगेन्द्रप्रसाद लुइँटेल चयन भएका छन्।

अनेसासको मङ्गलबार बसेको बैठकले प्रा डा लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो। समितिको सदस्यमा साहित्यकारद्वय राम खत्री र राम लामा ‘अविनाशी’ रहेका छन्।

नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गरिएको हो।

बत्तीस वर्ष पुरानो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हाल विश्वभर ६० भन्दा बढी शाखा छन् भने दुई हजार २०० सदस्य रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। तथ्याङ्क सङ्कलनका लागि अनेसासले प्रा डा लुइँटेलको संयोजकत्वमा आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×