विश्वकप फुटबलः आज फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त

काठमाडौँ - जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। फाइनल खेल कतारको लुसिल स्टेडियममा  राति ८:४५ बजेबाट सुरु हुनेछ।

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो। साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो। अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन्। दुबै देशले हालसम्म समान २ विश्वकप जितेका छन्।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×