वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक

काठमाडौँ - वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ। 

दुई देशबीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो। नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाईगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका नेतृत्वमा यहाँका टोलि र वाल्मीकि टाईगर रिजर्ब फिल्ड डाईरेक्टर डा. के नेशमनिले भारतको तर्फबाट नेतृत्व गरेका थिए। बैठकमा सहभागी संरक्षण अधिकृत आचार्यका अनुसार वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ।

वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीकाबीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत छलफल भएको उनले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×