काठमाडौँ - पाकिस्तानले एसिया कप टी-२० क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बुधबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
आसन्न संस्करणको एसिया कप २७ अगस्टबाट सुरु हुँदैछ। समूह ‘ए’ मा पाकिस्तानसहित साविक विजेता भारत र छनोटबाट आउने १ टोली रहेका छन्। छनोट खेल्ने कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये १ टोली यस समूहमा हुनेछ। एसिसीले प्रतियोगितामा सहभागी ६ टोलीलाई २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। टी-२० शैलीको प्रतियोगितामा समूहको शीर्ष २ टोलीले सुपर ४ मा स्थान बनाउने छन्। सुपर ४ मा एकअर्काविरुद्ध खेल्नेछन्। त्यसपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच २८ अगस्टमा प्रतिस्पर्धा हुनेछ। पाकिस्तानले २८ अगस्टमा भारतविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।
पाकिस्तानी टोलीमा
बाबर आजम (कप्तान), फखर जमान, हैदर अली, मोहम्मद वसिम, खुसदिल शाह, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), आसिफ अली, शादब खान, महम्मद नवाज, उस्मान कादिर, शाहीन साह अफ्रिदी,सहनवाज दहनी, नीशम साह र हरिस रौफ रहेका छन्।