काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरुद्ध षड्यन्त्र रच्दै उनको राजीनामाको माग राखि आन्दोलन गरिरहेको नेपाल बारको आन्दोलन असफल हुँदै गएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि भइ रहेको उक्त आन्दोलन सफल हुँदै गएपछि उनीहरु हार गुहार गर्न नेपालका विभिन्न एन्जीओ तथा आइएन्जीओसमक्ष पुगेका छन् ।
आन्दोलनरत बारको षड्यन्त्रकारी आन्दोलन र यसका अगुवाहरुको गलत उद्देश्यका बारे थाहा पाएपश्चात आन्दोलनमा सरिक भएका कानुन व्यवसायीहरुले साथ छोड्दै गएका हुन् । सबैको साथ गुमाउदै गएको बार अहिले विभिन्न एन्जीओ एवं आईएन्जीओलाई गुहार्न थालेका छन् । हालै संवैधानिक कानुन व्यवसायी परिषद्को आयोजनामा भएको कार्यक्रममा बारका तर्फबाट उपाध्यक्षा रक्षा बस्याल सहित डा. दिनेश त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।
बारलाई पूर्व अध्यक्षहरु शम्भु थापा, रमणकमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता हरिहर दाहाल लगायतले प्रयोग गर्दै प्रधानन्यायाधीश जबरालाई निशाना बनाइरहेको र यो आन्दोलन मच्चाएको बुझ्न सकिन्छ । आफ्ना स्वार्थपुर्तीका लागि उनीहरुले यस्तो घृणित खेल खेली रहेका छन् ।
उनीहरुले आफ्नो आन्दोलनलाई उत्तेजक बनाउने षड्यन्त्रका साथ सर्वोच्च परिसरबाट बालुवाटार सम्म मार्चपास गर्ने घोषणा गरेका छन् । तर अधिकांश कानुन व्यवसायीहरुले आन्दोलनको संवैधानिक हैसियत नै नरहेको टिप्पणी गरेका छन् । बारको आन्दोलन दिनप्रतिदिन पातलिँदै गए पछि उनीहरुले आनदोलनलाई उग्ररुप दिन निषेधित क्षेत्रमा मार्चपास गर्ने योजना बनाएको बुझ्न सकिन्छ । उनीहरु आफ्नो उग्ररुप र प्रहरीले बल प्रयो गरेको देखाउनकालागि नै भोलि निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्न खोजेको पनि धेरैको ठम्याइ छ ।