राष्ट्रका नाममा प्रधानमन्त्री देउवाद्वारा सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए। प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका कामकारबाहीबारे समेत जानकारी गराएका छन्। प्रधानमन्त्री देउवाले गरेको सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको हो। 

प्रधानमन्त्रीका रूपमा देउवाले पाँचौँ कार्यकाल सम्हालिरहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×