न्यूजिल्यान्डले भारत, इंगल्यान्ड र श्रीलंकासँग क्रिकेट सिरिज खेल्ने

काठमाडौँ - न्यूजिल्यान्डले घरेलु मैदानमा भारत, इंगल्यान्ड र श्रीलंकाविरुद्ध क्रिकेट सिरिज खेल्ने भएको छ। भारतले टी-२० र एकदिवसीय सिरिजका लागि न्यूजिल्यान्डको भ्रमण गर्ने छ।

अष्ट्रेलियामा हुने टी-२० विश्वकपपछि भारतले न्यूजिल्यान्डविरुद्ध ३ खेलको टी-२० र समान ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। नोभेम्बर १८, २० र २२ मा टी-२० खेल हुने तालिका रहेको छ। त्यसैगरी, नोभेम्बर २५, २७ र ३० एकदिवसीय सिरिजका खेलहरु हुनेछन्।

भारतपछि न्यूजिल्यान्डले घरेलु मैदानमै इंगल्यान्डविरुद्ध फेब्रुअरीमा २ खेलको टेष्ट सिरिज, मार्चमा श्रीलंकाविरुद्ध २ खेलको टेष्ट, ३ खेलको एकदिवसीय र समान ३ खेलको टी-२० सिरिज खेल्ने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×